Archive | frontpage

Tags: , , , ,

सरकारले उपभोग्य वस्तुको लगत राख्ने


विष्णु पोखरेल, काठमाडौं, साउन १४- सरकारले राजधानीका व्यापारीले राखेको उपभोग्य वस्तुको मौज्दात र मूल्यको लगत संकलन गर्ने भएको छ। अत्यावश्यक वस्तुको मूल्यवृद्धि गराउन व्यापारीहरुले यस्ता वस्तुको अनावश्यक सञ्चिती गरेको शंकामा सरकारले लगत संकलन गर्न लागेको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

सेनाद्वारा ३ हजार भर्नाको तयारी


भोजराज भाट, काठमाडौं, साउन १४- नेपाली सेनाले झण्डै तीन हजारको संख्यामा अधिकृत तथा पदिक पदमा भर्ना लिने तयारी गरेको छ। सर्वोच्च अदालतले सैन्य भर्नाको बाटो खुला गरेपछि जंगीअड्डाले आगामी साता भर्ना खोल्न लागेको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

बिजुक्छेले समर्थन गर्ने आशा छ : दाहाल


भक्तपुर, साउन १४ (नागरिक)- माओवादी अध्यक्षले १७ गते हुने प्रधान मन्त्रीको चुनावमा नेमकिपाले आफूलाई समर्थन गर्ने आशा व्यक्त गरेका छन्। उनले आफ्नो नेतृत्वमा सरकार बनाउन देशलाई क्षति हुनेगरी कसैसँग सम्झौता नगरिने पनि बताए।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

अमेरिकी महिला हत्या अभियोगमा शोभराजलाई जन्मकैद


निहीताद्वारा न्यायाधीशले पैसा खाएको आरोप-
काठमाडौं, साउन १४ (नागरिक)- सर्वोच्च अदालतले शुक्रवार फ्रान्सेली नागरिक चार्ल्स शोभराज बारे पुनरावेदन अदालत पाटनले गरेको आजन्म कैदको फैसला सदर गरेको छ।  अमेरिकी महिला कोन्निजो ब्रोनिचज हत्या तथा जाली पासपोर्ट प्रयोगको अभियोग अदालतले प्रमाणित गरेको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

१६ वर्षपछि कङ्ग्रेसका गाउँ कमिटी गठन


कमल थापा, रुकुम, साउन १४- नेपाली कङ्ग्रेस रुकुमले १६ वर्षपछि मात्र आफ्ना गाउँ कमिटी निर्माण गरेको छ। हिंसात्मक माओवादी जनयुद्धको उद्‍गम थलोका रुपमा चिनिएको रुकुममा २०५२ यता कङ्ग्रेसले कुनै पनि गाउँ कमिटी गठन गर्न सकेको थिएन।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

हत्याराबारे जानकारी दिनेलाई आधा लाख पुरस्कारको घोषणा


दाङ (तुलसीपुर), साउन १४ - रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धितालको हत्यामा संलग्न व्यक्तिबारे जानकारी दिनेलाई ५० हजार रूपैयाँ इनाम दिइने भएको छ। हत्यामा संलग्न व्यक्ति वा समूहबारे सही सूचना दिनेलाई पुरस्कारस्वरूप ५० हजार रूपैयाँ प्रदान गरिने दाङका प्रहरीप्रमुख ठाकुर ज्ञवालीले बताए।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

नेपाल विकास बैँकका निक्षेपकर्ताहरुको रकम आज फिर्ता गरिँदै


काठमाडौँ, साउन १४ (नागरिक)- नेपाल राष्ट्र बैँकले खारेजी प्रक्रियामा लगेको नेपाल विकास बैँकमा रकम जम्मा गर्ने साना निक्षेपकर्ताहरुको रकम आज दिउँसो २ बजेदेखि फिर्ता गरिँदैछ। पुनरावेदन अदालत पाटनको आदेश अनुसार सानो रकम जम्मा गर्ने सर्वसाधारण र संघसंस्थाहरुको निक्षेप फिर्ता गर्न लागिएको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

टाट पल्टिएको बैँकमा जम्मा भएको सर्वसाधारणको पैसा आज फिर्ता दिइने


काठमाडौँ, साउन १४ (नागरिक)- नेपाल राष्ट्र बैँकले खारेजी प्रक्रियामा लगेको नेपाल विकास बैँकमा रकम जम्मा गर्ने साना निक्षेपकर्ताहरुको रकम आज दिउँसो २ बजेदेखि फिर्ता गरिँदैछ। पुनरावेदन अदालत पाटनको एक वर्षअघिको आदेश अनुसार सानो रकम जम्मा गर्ने सर्वसाधारण र संघसंस्थाहरुको निक्षेप फिर्ता गर्न लागिएको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

कांग्रेस उम्मेदवारी फिर्ता लिन तयार: सुजाता


अजित तिवारी, विराटनगर, साउन १४- कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमति कायम भए कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने दाबी गरेकी छन्। उनले सहमतिको सरकारका लागि दलहरु अग्रसर भए कांग्रेसले एकमतले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार रहेको बताइन्।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

शोभराजको मुद्दाको फैसला आज


काठमाडौँ, साउन १४ (नागरिक)- पाँच वर्षदेखि सर्वोच्च अदालतमा बहस भइरहेको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दाको अन्तिम फैसला सर्वोच्च अदालतले आज गर्दैछ। यसअघि असार ३० गते नै फैसला सुनाउने भनिए पनि मुद्दामा थप अध्ययन जरुरी रहेको भन्दै  फैसला सुनाउने दिन आजलाई सारिएको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

मधेसी मोर्चाले दाहाललाई मत दिनेमा माओवादी ढुक्क


काठमाडौं, साउन १४ (नागरिक)- प्रधानमन्त्रीका प्रत्यासी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मधेसी मोर्चाले मत दिनेमा मा‌ओवादी ढुक्क देखिएको छ। नीतिगतरुपले कांग्रेसभन्दा आफूसँग नजिक रहेकाले पनि मत दाहालले नै पाउने माओवादी बुझाइ छ।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

आयल निगमले बोनस नबाँडे ‘तेल बन्द’


विज्ञान अधिकारी, काठमाडौं, साउन १४- आयल निगम कर्मचारीले बोनस बाँड्ने निर्णय फिर्ताविरुद्ध आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बोनस बाँड्ने निर्णय फिर्ता लिने बोर्ड बैठकको निर्णय सच्याउन उनीहरुले सातदिने अल्टिमेटम दिएका छन्।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

प्रधानमन्त्रीको दबाबमा ३६ वर्षअघिको मुआब्जा पुनरावलोकन


अर्जुन सुवेदी, काठमाडौं, साउन १४-  ३६ वर्षअघि सरकारी अधिग्रहणमा परेको तीनकुनेको ३५ रोपनी जग्गाको मुआब्जा पुनरावलोकन गर्न स्थानीय विकास मन्त्रालयले कार्यदल बनाउने भएको छ। कार्यदल गठनको अन्तिम टुंगो लगाउन मन्त्रालयले अघिल्लो साता मन्त्रिपरिषद्मा त्यस्तो प्रस्ताव पठाएको हो।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

नक्कली राहदानीका नाइके पक्राउ पर्दैनन्


केपी ढुंगाना, काठमाडौं, साउन १४- विदेशी र नेपाली नागरिकलाई नक्कली राहदानी बनाइदिने गिरोहका सदस्य पटकपटक पक्राउ पर्छन् तर नाइके सधैं उम्कन्छन्। ६ महिनायता प्रहरीले यस्ता चार गिरोहका दर्जनौं सदस्यलाई समाते पनि उनीहरू केही समयमै धरौटीमा छाडिए।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

मधेशी दलको मत पाउने माओवादी दाबी


काठमाडौं, साउन १४ (नागरिक)- प्रधानमन्त्रीका प्रत्यासी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मत दिन मधेसी मोर्चा राजी हुने एकीकृत माओवादीले दाबी गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मोर्चालाई लिखित सहमति पत्र तयार पारेपछि उसले यस्तो दाबी गरेको हो।

Posted in News, frontpageComments (0)

Random Photo

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Twitter Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar