Archive | समाचार/विचार

Tags: , , , ,

शोभराज अझै १४ वर्ष जेल मै कोचिने


सर्वोच्च अदालतले पाँच वर्षदेखि अदालतमा चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई दोषी ठहर गरेको छ। सर्वोच्चको फैसलापछि उनी अब अझै १४ वर्ष नेपाली जेलमा कोचिने भएका छन्। अपराध गरेर उन्मुक्ति पाउँछु भनी सोच्नेहरुलाई यो एउटा गतिलो झापड हो। ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजको आत्मालाई बल्ल आफ्ना दोषीले [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

सीमा अतिक्रमणविरुद्ध फिल्म


अस्ति राति भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले महोत्तरी जिल्लाको सम्सीमा प्रवेश गरी नेपाल प्रहरीका तीनजना जवानलाई कुटपिट गरे। त्यसको विरोधमा स्थानीयवासीले स्वस्फूर्तरुपमा हिजो सम्सी बजार बन्द गरे।

सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बलमिच्याइँ अनि अतिक्रमणको शृङ्खला लामो छ। नेताहरु लाचार छन्। यसैलाई कथावस्तु बनाएर एउटा फिल्म बनेको छ- दशगजा। राजेश हमालको प्रमुख भूमिका रहेको यो फिल्म [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

खामले दिए प्रहरी प्रशासनलाई चुनौति


न्युज २४ टिभीमा हिजो राति एउटा एक्सक्लुसिभ अन्तर्वार्ता बजेको थियो। अन्तर्वार्ता थियो कालीबहादुर खामको। उनै खाम जसलाई प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोजी गरिरहेको भनिएको छ। अन्तर्वार्ता हेर्दा लाग्यो- हामी यो कस्तो देशमा बसिरहेका छौँ, जहाँ प्रहरी, नेता सबका सब जनतालाई झुठ बोलेर नाटक गरिरहेका हुँदा रहेछन्। कस्तो सरकार रहेछ हाम्रो देशमा?

खामले सीधै प्रहरीलाई [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

इराकको प्रतिबन्ध हट्यो, तर समस्या सकियो त?


प्रतिबन्ध लगाउँदा लगाउँदै ३० हजार नेपाली इराक पुगेछन्, सरकारलाई पत्तै भएन। प्रतिबन्धित देशका नागरिकलाई हटाउने भन्ने खबर मिडिया आएपछि हजारौँ नेपालीको रोजगारीप्रति सरकारले चासो देखायो र प्रतिबन्ध हटायो। अब नेपालीको पासपोर्टमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हट्नेछ। अब अवैधानिक रुपमा हैन, वैधानिक रुपमा नै इराक जान पाइने भएको छ। भन्नलाई त सरकारले नयाँ [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

इराकका नेपाली भन्छन्- गरी खान देऊ!


१५ दिनभित्र ३० हजार नेपाली एकै साथ बेरोजगार हुँदैछन्। ती त्यस्ता नेपाली हुन्, जसले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै आफ्नो ज्यान जोखिममा मोल्दै युद्धग्रस्त देश इराकलाई आफ्नो गन्तव्य रोजे। अमेरिकी सेनाको इराक सेन्ट्रल कमान्डले २० जुलाईमा एउटा चिठी पठाउँदै नेपाली र फिलिपिनो कामदारहरुलाई घर फर्काउन सबै कम्पनीलाई आदेश दिएपछि यस्तो अभाव भएको हो। पासपोर्टमा नै ‘इराकमा [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!


-सीबी अधिकारी-

तपाईँ युवती हुनुहुन्छ? अनि चिटिक्क परेर घर बाहिर कुनै पनि काममा निक्लँदै हुनुहुन्छ? सावधान, रहनुहोस् किनकि तपाईँ जनुसुकैबेला अपहरणमा पर्न सक्नुहुन्छ।

राजधानीमा यस्तो गिरोह पत्ता लागेको छ कि जुन गिरोहको नजरमा तपाइँ पर्नुभयो भने तपाईँको जीवन बर्बादीमा मात्र हैन सिङ्गो समाज नै अप्ठ्यारोमा पर्नसक्छ।

ललितपुर प्रहरीले पहिलो पटक पक्राउ गरी आज सार्वजनिक गरेको एउटा घटना विवरण [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

शुभकामना गुरुपूर्णिमाको


हिन्दु र बौद्ध धर्म मान्नेहरुले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउँछन्। त्यसो त विदेशतिर नि टिचर्स डे भनेर नमनाइने हैन। तर आजको दिन हाम्रो आफ्नै मौलिक परम्परा हो।

लौ त, आफ्ना गुरुहरुलाई सम्मान गर्ने हैन त आज? विदेशतिर हुनुहुन्छ भने आज त हाम्रो संस्कृति अनुसारको टिचर्स डे भन्दै शुभकामना दिने हैन त ?

गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

नाटकको अर्को भाग १७ गते


प्रधानमन्त्रीको कुर्सी नाटकको अर्को भाग साउन १७ गते सोमबार मञ्चन हुने भएको छ। जति जति नाटक लम्बिँदै छ, त्यति त्यति जनतामा त्यसको चासो घट्दै गइरहेको छ। सात गतेको निर्वाचनमा जति चासो थियो, आजको निर्वाचनलाई त्यति वास्ता गरेको जस्तो लागेन मानिसहरुले। लगभग परिणाम निश्चित भइसकेको हुनाले पनि कसैले वास्ता नगरेको हुनसक्छ। यद्यपि, आज पनि नाटक कम [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

म्याच फिक्सिङ भइसकेको घिनलाग्दो खेल


अपडेटः नभन्दै मधेसवादी मोर्चाले पनि आजको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेपछि आजको निर्वाचनमा पनि कसैको बहुमत नपुग्ने निश्चित भएको छ। संसदले दोस्रो पटक प्रधानमन्त्री चुन्न असफल भएको हो।

यसअघिको अपडेटः आजको प्रधानमन्त्री निर्वाचन एउटा म्याच फिक्सिङ भइसकेको घिनलाग्दो खेल जस्तो मात्र हुने निश्चित देखिएको छ। काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई त खुट्टा बाँधेर पेनाल्टी हान्न पठाएको [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

कमल थापाको घरमा पुष्पकमल


अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । प्रधानमन्त्रीको कुर्सीले सायद पुष्पकमललाई उक्त डाइलगमा भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् – ए गाठे कमल थापाको घरमा गएर भोटको [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

नेपाली विद्यार्थीलाई बेलायतको भिसा आंशिक खुला


नेपाली विद्यार्थीका लागि टायर फोर भिसामा बेलायतले लगाएको अस्थायी रोक आजदेखि आंशिक रुपमा खुला गरिएको छ। बेलायत सरकारले सन् २००९ अप्रिलपछि ल्याएको ‘टायर फोर’ भिसा अन्तर्गत दक्षिण एसियाबाट सोचेभन्दा धेरै विद्यार्थी आएपछि युके बोर्डर एजेन्सी (युकेबीए)ले गत फेब्रुअरीमा अप्रत्याशितरुपमा डेढ सयभन्दा बढी कलेज निलम्बन र नेपाललगायत दक्षिण एसियाली देशका विद्यार्थीलाई अनिश्चितकालका लागि भिसा आवेदन लिन [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

मुख मै आएको हड्डी खोसियो झलनाथको


झलनाथ खनालः के सोचेँ मैले, के भयो अहिले...

झलनाथ खनाललाई हिजोको दिन आफ्नो जीवन कै सबैभन्दा नरमाइलो दिन भो होला। सत्ता नामको ‘हड्डी’ उनको मुख नजिकै आइसकेको थियो, तर खोसियो। पेनाल्टीमा पराजित हुँदा फुटबल टिमलाई के दुःख हुन्थ्यो होला, जति उनलाई भयो होला। उनी निश्चित रुपमा प्रधानमन्त्री बन्दै थिए। बहुमत उनकै पक्षमा थियो। तर अकस्मात् [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

नेपालको अस्तित्व बचाउन


-उत्तम बाबु श्रेष्ठ-

सन् २००३ को टेड टक सो मा “कोल्याप्स हाउ सोसाइटी चुज टु फेल अर सक्सीड” (Collapse: How Societies Choose to Fail or Succeed) का लेखक जारेड डाइमण्डले भविष्यमा “कोल्याप्स” हुने (अस्थित्व मॆटिने) सक्ने मुलुकमा नेपालको नाम लिए । मध्य अमेरिकाको प्राचिन माया सभ्यतादेखि अमेरिकाको पहाडीराज्य मेन्टानाको जनजीवन, गि्रनल्याण्डको नोर्स जातीदेखि इष्टर आइल्याण्डको [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

प्रचण्ड पनि अब हरुवा नेता भए


अब प्रचण्ड पनि हरुवा नेताका रुपमा दरिने भएका छन्। उनले आज संसदमा भएको प्रधानमन्त्रीको निर्वाचन हारेका छन्। निर्वाचनमा उनले २४२ मत मात्रै पाए। माओवादीका २३७ सभासद थिए र त्यसबाहेक अरु दलबाट ५ मत मात्र उनले पाउन सके। यसअघिका कुनै पनि चुनाव उनले हारेका थिएनन्। स‍ंविधान सभाको निर्वाचनमा उनी दुई ठाउँबाट निर्वाचित भएका थिए भने त्यसपछि [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

आज प्रधानमन्त्री नचुनिने संभावना बढी


अपडेटः संसदमा प्रम निर्वाचनका लागि बैठक सुरु भएको छ। माओवादी, काँग्रेस र एमाले तिनै दलले उम्मेदवारी फिर्ता लिएका छैनन्। एमालेले ४०१ मत नपुगेपछि उम्मेदवारी फिर्ता लेला कि भन्ने अन्यौल बीच अन्ततः उम्मेदवारी दिने नै निर्णय गर्‍यो। अब कसले जित्‍नेछ अन्यौल कायमै छ।

धेरै पार्टीले चुनावमा मत नदिने भनेकोले आजको मतदानमा कसैले बहुमत नपाउने र शुक्रबार [...]

Posted in News, समाचार/विचारComments (0)

Random Photo

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Twitter Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar