Posted on 21 May 2010
भारतले नेपाललाई अब कडा दबाब दिने रे। नेपाल भनेको फेरि प्रधानमन्त्री माधवकुमार नेपाललाई हैन नि, हाम्रो देशलाई पो त। नाम उल्लेख नगरिएका स्रोतैस्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टमा नयाँ दिल्ली डेटलाइनबाट प्रकाशित निलोवा राय चौधरीको समाचारमा सबै दलका नेतालाई एकै स्थानमा बसेर समस्या समाधानको उपाय खोज्न दबाब दिने रे। चौधरी भारतीय दैनिक हिन्दुस्तान टाइम्सकी डेपुटी फरेन [...]
Posted on 10 May 2010
माओवादीको आमहड्तालका लागि गाउँगाउँबाट हजारौँ नेपाली पहिलो पटक राजधानी काठमाडौँ आए। माओवादी नेतृत्वको चाहनामुताबिक आन्दोलनले माग त पूरा गरेन, तर कहिल्यै राजधानी नदेखेका, वर्षौँदेखि पीडा र अभावमा जीवन बिताइरहेका गाउँलेहरुले आफ्नै आँखाले सम्पन्नहरुको महल र चिल्ला बाटाहरु र विकास हेरेर गए। आन्दोलन त तुहियो। तर कस्तो किसिमको दीर्घकालीन असर पर्न सक्छ त यसले? समाजशास्त्री [...]
Posted on 21 April 2010
गोल्ड क्वेष्ट, क्विक अर्निङ, डियोसफ्ट, प्राइम, प्रतीक्षा आदि नेटवर्किङ कम्पनी अर्बौं कुम्ल्याएर भागेको धेरै भएको छैन; तर नेपालीहरूले त्यस्तै कम्पनीमा पैसा लगाउन अझै छाडेका छैनन्। सरकार भने नेटवर्किङ व्यवसायबारे आफ्नै निर्देशिकालाई समेत कुल्चेर जथाभावी सञ्चालन अनुमतिपत्र बाँडिरहेको छ। हिमालका सन्त गाहा मगरको रिपोर्ट
२०५८ सालतिर नेपालमा तहल्का मच्चाएर केही समयपछि रु.२ अर्बभन्दा बढी रकम उठाई भागेको [...]
Posted on 15 April 2010
सुशीला बुढाथोकी
• उदयपुर गाईघाटका मानबहादुर परियार मलेशियाबाट बिदामा आएलगत्तै ४ फागुनमा पाँच लाख नगद र एक तोला सुनसहित बेपत्ता भएकी श्रीमतीले नाबालक छोराको समेत माया मारेर दुई सन्तानका बाबुसँग विवाह गरिन्। वैदेशिक रोजगारमा गएर हाडछाला घोटी काम गर्नु व्यर्थ भएको भन्दै परियार भन्छन्, “बच्चा जिम्मा लगाउन मात्र बसेकी रहिछ।”
• चार वर्ष कुवेतमा काम गरेकी जुनु [...]
Posted on 28 March 2010
पितालाई दागबत्ती दिँदै सुजाता। फोटोः नविन बराल
पिता गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरलाई छोरी सुजाता कोइरालाले दागबत्ती दिए। कोइरालाका एक छोरा पनि थिए-सुरेश कोइराला। उनी गिरिजा कै श्रीमतिबाट जन्मिएका छोरा हुन्। तर गिरिजा उनका पिता भने हैनन्। तर गिरिजालाई पिता सरह नै मानेको उनी बताउँछन्। त्यसो भए किन दागबत्ती सुजाताले दिइन् त? कारण खुलाएका छन् सुरेशले [...]
Posted on 10 March 2010
प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकमा ६० दिने कार्ययोजना प्रस्तुत गरेछन्। तर माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले यो त हामीले हेरिसक्यौँ भनेछन्। प्रधानमन्त्री छक्क परेछन्। हैन यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै त प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले सोधेछन्। माओवादी नेता शर्माले भनेछन्- हामीले यो एउटा एनजीओमा [...]