फैसलापछि आक्रोशित निहिता। फोटो सौजन्यः गोपाल चित्रकार/रोयटर्स
सर्वोच्च अदालतले पाँच वर्षदेखि अदालतमा चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई दोषी ठहर गरेको छ। सर्वोच्चको फैसलापछि उनी अब अझै १४ वर्ष नेपाली जेलमा कोचिने भएका छन्। अपराध गरेर उन्मुक्ति पाउँछु भनी सोच्नेहरुलाई यो एउटा गतिलो झापड हो। ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी [...]
