काठमाडौँ, साउन १४ (नागरिक)- पाँच वर्षदेखि सर्वोच्च अदालतमा बहस भइरहेको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दाको अन्तिम फैसला सर्वोच्च अदालतले आज गर्दैछ। यसअघि असार ३० गते नै फैसला सुनाउने भनिए पनि मुद्दामा थप अध्ययन जरुरी रहेको भन्दै फैसला सुनाउने दिन आजलाई सारिएको हो।
