भारतले नेपाललाई अब कडा दबाब दिने रे। नेपाल भनेको फेरि प्रधानमन्त्री माधवकुमार नेपाललाई हैन नि, हाम्रो देशलाई पो त। नाम उल्लेख नगरिएका स्रोतैस्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टमा नयाँ दिल्ली डेटलाइनबाट प्रकाशित निलोवा राय चौधरीको समाचारमा सबै दलका नेतालाई एकै स्थानमा बसेर समस्या समाधानको उपाय खोज्न दबाब दिने रे। चौधरी भारतीय दैनिक हिन्दुस्तान टाइम्सकी डेपुटी फरेन [...]
