१२ वर्षकी बालिका चन्द्रकला विकले गस्तीमा रहेका नेपाली सेनाको सशस्त्र टोलीलाई गोली हानेर आक्रमण गरेछन्। सेनाको टोलीले चेतावनी दिएको थियो रे। तर चेतावनीलाई पनि बेवास्ता गर्दै ती बालिकासहित ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विकले सशस्त्र टोलीमाथि गोली हानेछन्।
एक बालिकासहित तीन महिला हिजो बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा [...]
