Posted on 18 May 2012
काठमाडौँ, जेठ ५- संविधान जारी गर्ने समय नजिकिँदै गर्दा दैनिकजसो बन्द र आमहड्तालका कारण सर्वसाधारणले हैरानी खेपिरहनुपरेको छ। बन्दकर्ताहरुले आज पनि बानेश्वरमा दुईवटा ट्याक्सी र सामाखुशीमा एउटा माइक्रोबस तोडफोड गरेको प्रहरी प्रवक्ता धिरजप्रताप शाहले जानकारी दिएका छन्।
Posted on 17 May 2012
रमेशकुमार पौडेल, चितवन, जेठ ५ - विभिन्न संघ संगठन र दलले एकै समय र ठाउँमा बन्द र विरोधका कार्यक्र आयोजना गर्ने होड चलेपछि चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार साँझ भएको सर्व पक्षीय बैठकले संघ संगठनलाई प्रदर्शन गर्ने रुट र समय निर्धारण गरेको छ।
Posted on 17 May 2012
काठमाडौं, जेठ ५ (नागरिक) -एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने सहमति भएको छ। पहिचान सहितको संघीयता नभए सरकारबाट हट्ने चेतावनी दिएको मोर्चाले माओवादीसँग आफूहरू शान्ति र संविधान निर्माणकै पक्षमा रहने प्रतिबद्धता जाहेर गरेको छ।
Posted on 17 May 2012
माधव ढुङ्गेल, काठमाडौं, जेठ ५ -जेठ १४ भित्र संविधान जारी गर्ने गरी अन्तरिम संविधान संशोधन प्रक्रिया अघि बढाउन बसेको व्यवस्थापिका संसदको बैठक सत्तापक्षकै सभासदहरूले अवरुद्ध गरेका छन्। अन्तरिम संविधानको धारा ७० संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकामा त्यसप्रति नै विरोध जनाउँदै अवरुद्ध गरेपछि बाँकी ८ दिनमा संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध भएको छ।
Posted on 17 May 2012
नेपाली गीतकारहरूले लेखेका धेरै देशभक्तिका गीतका विषयहरु समय अनुसार फरक फरक रहेकाबारे रिपोर्ट।
Posted on 17 May 2012
नेपाली गीतकारहरूले लेखेका धेरै देशभक्तिका गीतका विषयहरु समय अनुसार फरक फरक रहेकाबारे रिपोर्ट।
Posted on 17 May 2012
बिनिता दाहाल, काठमाडौँ, जेठ ४- सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।
Posted on 17 May 2012
काठमाडौँ, जेठ ४ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १० प्रदेशमा नै अगाडि जान अनौपचारिक सहमति भएको छ। नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा भएको बैठकमा खल्तीबाट झिकेर निर्णय गरिएको ११ प्रदेश स्वीकार्य नहुने भन्दै मोर्चाले आपत्ति जनाएको थियो।
Posted on 17 May 2012
काठमाडौँ, ४ जेठ। नेकपा (एमाले) ले वर्तमान सरकारमा पाउने मन्त्रालयको टुङ्गो लागेको छ। आज साँझ प्रमुख तीन दल र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका बैठकले एमालले पाउने मन्त्रालयमा सहमति गरेको हो।
Posted on 17 May 2012
एघार वटा संघीय प्रदेश बनाउने तीन दलको सहमति विरुद्ध तराई केन्द्रित दलहरुले विरोध र आन्दोलन चर्काएका छन्।
Posted on 17 May 2012
काठमाडौं, जेठ ४ (नागरिक)- लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरी हवल्दार धनराज विक तथा प्रहरी जवानद्वय रमेश बहादुर बुढा र सोम बहादुर तामाङलाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाईबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
Posted on 17 May 2012
रितेश त्रिपाठी, वीरगन्ज, जेठ ४- नेपाली कङ्ग्रेसका पर्सा जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले गैरसदस्यहरुले संविधान सभालाई काम गर्न नदिएको आरोप लागाएका छन्। चरित्र, नेतृत्व, सिद्धान्त र इमानदारीको सङ्कटबाट गुज्रिरहेको नेपाली राजनीति राष्ट्रिय स्वाभिमानको रक्षा गर्न असक्षम रहेको आरोप पनि उनले लगाए।
Posted on 17 May 2012
काठमाडौं, जेठ ४ (नागरिक)- मन्त्री पदको शपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकामा असन्तुष्टि व्यक्त गरेका छन्। एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले पार्टीले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन्।
Posted on 17 May 2012
काठमाडौं, जेठ ४ - तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए।
Posted on 17 May 2012
काठमाडौँ, जेठ ४ (नागरिक)- क्षत्री, ब्राह्मण लगायत ११ संस्थाले गरेको नेपाल बन्दको पहिलो दिन काठमाडौँको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुको उपस्थिति केही चोकहरुमा मात्र भए पनि सार्वजनिक सवारी साधनको सडकमा देखिएको छैन। केही मोटरसाइकल र ट्याक्सी पनि चलेका देखिन्छन्।