Archive | frontpage

Tags: , , , ,

अनिश्चितकालीन नेपाल बन्द फिर्ता, ब्राह्मण क्षेत्री पनि आदिवासी


बिनिता दाहाल, काठमाडौँ, जेठ ४-  सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।  

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

माओवादी र मधेसी मोर्चाबीच आयोग प्रस्तावित १० प्रदेशमा जाने सहमति


काठमाडौँ, जेठ ४ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १० प्रदेशमा नै अगाडि जान अनौपचारिक सहमति भएको छ। नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा भएको बैठकमा खल्तीबाट झिकेर निर्णय गरिएको ११ प्रदेश स्वीकार्य नहुने भन्दै मोर्चाले आपत्ति जनाएको थियो।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

एमालेलाई परराष्ट्रसहित चार मन्त्रालय


काठमाडौँ, ४ जेठ। नेकपा (एमाले) ले वर्तमान सरकारमा पाउने मन्त्रालयको टुङ्गो लागेको छ। आज साँझ प्रमुख तीन दल र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका बैठकले एमालले पाउने मन्त्रालयमा सहमति गरेको हो।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

लागूऔषधसहित प्रहरी पक्राउ


काठमाडौं, जेठ ४ (नागरिक)- लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरी हवल्दार धनराज विक तथा प्रहरी जवानद्वय रमेश बहादुर बुढा र सोम बहादुर तामाङलाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाईबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

गैरसदस्यले संविधान सभाका सदस्यलाई काम गर्न दिएनन् : कङ्ग्रेस नेता


रितेश त्रिपाठी, वीरगन्ज, जेठ ४- नेपाली कङ्ग्रेसका पर्सा जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले गैरसदस्यहरुले संविधान सभालाई काम गर्न नदिएको आरोप लागाएका छन्। चरित्र, नेतृत्व, सिद्धान्त र इमानदारीको सङ्कटबाट गुज्रिरहेको नेपाली राजनीति राष्ट्रिय स्वाभिमानको रक्षा गर्न असक्षम रहेको आरोप पनि उनले लगाए।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

जिम्मेवारी नपाएको भन्दै मन्त्रीहरुद्वारा असन्तुष्टि व्यक्त


काठमाडौं, जेठ ४ (नागरिक)- मन्त्री पदको शपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकामा असन्तुष्टि व्यक्त गरेका छन्। एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले पार्टीले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

तमलोपाको सरकारबाट बाहिरिने निर्णय


काठमाडौं, जेठ ४ - तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

यस्तो छ बन्दको प्रभाव काठमाडौँमा (भिडियोसहित)


काठमाडौँ, जेठ ४ (नागरिक)- क्षत्री, ब्राह्मण लगायत ११ संस्थाले गरेको नेपाल बन्दको पहिलो दिन काठमाडौँको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुको उपस्थिति केही चोकहरुमा मात्र भए पनि सार्वजनिक सवारी साधनको सडकमा देखिएको छैन। केही मोटरसाइकल र ट्याक्सी पनि चलेका देखिन्छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

एघार प्रदेशको संरचना नसच्याए मोर्चाले सरकार छाडेर सङ्घर्ष गर्ने


काठमाडौँ, जेठ ४ - सत्तारुढ मधेसी मोर्चाले ११ प्रदेशको सङ्घीय संरचना बनाउने तीन ठूला दलको निर्णयप्रति तीव्र असन्तुष्टी प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ एमाओवादीसँग भएको बैठकमा ११ प्रदेशको प्रस्तावमा पुनर्विचार नभए मधेसी मोर्चा सरकार छाडेर सङ्घर्षमा जाने चेतावनी दिएको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

आन्दोलनरत थारुद्वारा वार्ता टोली गठन


काठमाडौँ, जेठ ४ (नागरिक)- तराईमा पाँच दिने बन्द र अर्को साता तीन दिने नेपाल बन्द गर्ने घोषणा गरेको थारु संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न ११ सदस्यीय टोली गठन गरेको छ। वार्ता टोलीमा संयोजक चन्द्रकुमार चौधरी र सदस्यहरु रामचरण थारु, उपेन्द्र गच्छदार, बलदेव चौधरी, गोपाल दहित, पुरन राना थारु, फुलमति चौधरी, भानुराम चौधरी, सरस्वती चौधरी, सन्तोष थारु र इन्द्रजीत थारु रहेका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

मुस्ताङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु


दिलीप पौडेल, बाग्लुङ,जेठ ४ - सडक निर्माण गर्ने क्रममा चर्किएको ढिस्को भत्किएर आएको पहिरोमा परी मुस्ताङमा चार जनाको मृत्यु भएको छ। जोमसोम-लोमानथाङ सडक अन्तरगत छुसाङ-७ चैले जोगिमरे भिरमा खसेको सुख्खा पहिरोले स्काभेटर च्यापेपछि चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

‘आम हड्ताल’ले राजधानीको यातायात प्रभावित


काठमाडौं, जेठ ४ (नागरिक) - ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातीय संगठनले आयोजना गरेको अनिश्‍चितकालीन बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ। हिजो राति बन्द घोषणा गरेपनि विहान यातायात सुचारु थियो। तर, ८ बजेपछि आयोजकहरुले राजधानीका विभिन्न स्थानमा यातायातमा अवरोध सिर्जना गरेका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

‘हाइअलर्ट’ राख्न प्रहरीको बिदा रोक्का


केपी ढुंगाना, काठमाडौं, जेठ ४- प्रहरी प्रधान कार्यालयले जेठ १४ आसपासको परिस्थितिमा सुरक्षा व्यवस्था चुस्त बनाउन भन्दै प्रहरीको सबै बिदा रोकेको छ। प्रहरीहरूले भैपरी, सरकारी, बिरामी, चाडपर्व, सुत्केरी र किरियालगायत बिदा पाउँदै आएका थिए।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

राष्ट्रपति र प्रधानमन्त्रीलाई के के अधिकार बाँडियो?


राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन हुनुपर्ने
माधव ढुङ्गेल, काठमाडौं, जेठ ४- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जनताको प्रत्यक्ष मतदानबाट चुनिएको राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन गराउनुपर्ने व्यवस्था संविधानमा गर्न सहमत भएका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

राज्यमा जातीय आधारै : दाहाल


काठमाडौं, जेठ ४ (नागरिक)- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवदेनमा टेकेर जातीय पहिचानका आधारमा संघीय राज्य निर्माण गर्ने आश्वासन दिएका छन्।

Posted in frontpage, NewsComments (0)

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar