Posted on 22 February 2012
मधुसुदन गुरागाईं, बनेपा, फागुन ११- उद्योगबाटै महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको अभियोगमा काभ्रे भैंसेपाटीस्थित हिमाल ग्यासको उत्पादक गौरीशंकर ग्यास उद्योगलाई सरकारले मुद्दा चलाउने भएको छ।
Posted on 22 February 2012
तयारी पोसाक उद्योगको कच्चा पदार्थ भन्सारमै-
विज्ञान अधिकारी, काठमाडौं, फागुन ११- 'बाई ब्याक ग्यारेन्टी' सुविधा नवीकरण नहुँदा तयारी पोसाक उद्योगहरुले ल्याएको करोडौं मूल्यको सामान भन्सारमा थन्किएको छ। यो सुविधाबारे वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निर्णय नगर्दा शेर्पा एडभेन्चर गेयरको मात्रै ७८ लाख (१ लाख अमेरिकी डलर) बराबरको कपडा त्रिभुवन विमानस्थलमा दुई महिनादेखि थन्किएको छ।
Posted on 22 February 2012
उजिर मगर, काठमाडौं, फागुन ११- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा आउनु पर्ने अडान कायमै राखेपछि स्थायी समिति बैठक अनिश्चित बनेको छ। मंगलबार बस्ने भनिएको स्थायी समिति बैठकमा प्रधानमन्त्री भट्टराई अनुपस्थित भएको बहाना मात्रै बनाइएको माओवादी स्रोतले बतायो।
Posted on 22 February 2012
ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
Posted on 22 February 2012
सन्तोष पोखरेल, पोखरा, फागुन १०- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मुख्य तीनदल बीच गहन छलफलको तयारी भइरहेको बताएका छन्।
Posted on 22 February 2012
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन १०- एमाले वरिष्ठ नेता केपी ओलीले एकीकृत माओवादीलाई 'सरम' नभएको पार्टीको सङ्ज्ञा दिंदै उसको नेतृत्वमा शान्ति र संविधान टुङ्गोमा नपुग्ने जिकिर गरेका छन्।
Posted on 22 February 2012
काठमाडौं, फागुन १० (नागरिक)- नेपाल कम्युनिष्ट पार्टी संयुक्तले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। नेकपा संयुक्तको फागुन ३–४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान सरकारले राष्ट्रघाती काम गर्न थालेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि आज समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरेको हो।
Posted on 22 February 2012
काठमाडौं, फागुन १० (नागरिक)- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तोकिएकै समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुगी तोकिएकै समयमै संविधान जारी हुने ठोकुवा गरेका छन्।
Posted on 22 February 2012
मिथिलेश यादव, लहान, फागुन १०- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सर्वोच्च अदालतले जेल चलान गर्न दिएको आदेशको विरोधमा उनकै गृहनगरमा विरोध प्रदर्शन भएको छ।
Posted on 22 February 2012
काठमाडौं, फागुन १० (नागरिक)- नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मारासरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
Posted on 22 February 2012
कमल थापा, रुकुम, फागुन १०- विदेशवाट घर फर्केका एक युवक घर नपुग्दै होटेलमा मृत फेला परेका छन्। पूर्वी रुकुमस्थित पोखरा गाविस-७ का नरजीत घर्तीका छोरा २२ वर्षीय वीरबहादुर घर्ती सदरमुकामस्थित दादिंगे होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन।
Posted on 22 February 2012
खिलानाथ ढकाल, विराटनगर, फागुन १० - एकीकृत नेकपा माओवादीका सभासद् सावित्रीकुमार काफ्ले मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते भएका छन्। धरान ११ चतरा लाइनमा को १ ज ५९७ नम्बरको ल्यान्डरोभरले उनी चढेको को १० प ३५८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
Posted on 21 February 2012
पूर्ण बस्नेत, सांघाई, फागुन १० - तिब्बती नयाँ वर्षको दिन पारेर चिनिया वन मन्त्री चिया चिवाङ चार दिने औपचारिक नेपाल भ्रमणमा आज साँझ काठमाडौँ आइपुग्दै छन्। वन मन्त्रालयको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरी नेपाल आउन लागेका चिवाङ चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य हुन्।
Posted on 21 February 2012
दीपक दाहाल,काठमाडौं, फागुन १० - चिकित्साशास्त्रमा पोस्ट ग्र्याजुएट (पिजी) गरेपछि सम्बन्धित डाक्टरले विशेषज्ञ अभ्यास थाल्नुअघि फेरि मेडिकल काउन्सिलको लिखित परीक्षामा बस्नुपर्ने भएको छ। विशेषज्ञ चिकित्सा सेवामा गुणस्तर कायम गर्न काउन्सिलले यस्तो नियम लागु गर्ने तयारी गरेको हो।
Posted on 21 February 2012
सुदर्शन सापकोटा, काठमाडौं, फागुन १० -राजस्व अनुसन्धान विभागले नक्कली प्रज्ञापनपत्रमार्फत भारतीय रुपैयाँ अपचलन प्रकरणमा आफ्ना कर्मचारीलाई जबरजस्ती कारबाही गर्न खोजेको भन्दै वाणिज्य बैंकहरुले भारतीय मुद्रामा हुने कारोबार (ड्राफ्ट) बन्द गर्ने तयारी गरेका छन्।