search-anything
khursani dot com hot search...

सुनुवाइ नगरी राजदूतका नाम फिर्ता

काठमाडौं, माघ १४ (नागरिक) - व्यवस्थापिका संसद संसदीय सुनवाइ विशेष समितिले नयाँ राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सुनुवाइ नगरी फिर्ता पठाएको छ। शुक्रबार समितिको बैठकले सरकारले हालै सिफारिस गरेका १० नयाँ राजदूतको नाम समानुपातिक समावेशी आधारमा नभएको भन्दै पुनर्विचार गर्न निर्देशनसमेत दिएको छ।

परिमार्जित संसदीयमै कांग्रेस ‘एकढिक्का’

गोविन्द परियार, काठमाडौं, माघ १४ - कांग्रेसमा परिमार्जित संसदीय प्रणाली नै शासकीय स्वरूप हुनुपर्नेमा एकमत बनेको छ। कांग्रेसका केही नेताले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने शासनप्रणालीका पक्षमा अभिव्यक्ति दिँदै आए पनि अहिले त्यो आवाज मलीन बन्दै गएको हो।

रंगशाला तयार नभइ राष्ट्रिय खेलकुद?-27.01.12

सुदुर पश्चिमाञ्चलको धनगढीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिंदै गर्दा त्यहाँ मुख्य रंगशालाको पुनर्निर्माण पुरा नहुने चिन्ता बढेको छ।

धरहरामा अचम्मको प्रदर्शन !

धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।

अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन [...]

धरहरामा अचम्मको प्रदर्शन !

धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।

अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन [...]

लडाकु विदाइ र समायोजनका कामलाई गति दिने सहमति

एक महिनाको ढिलासुस्तीपछि स्वैच्छिक अवकासमा जाने माओवादी लडाकूहरुको विदाइ र समायोजनका कामलाई तीव्रता दिने संकेत मिलेको छ।

लडाकु विदाइ र समायोजनका कामलाई गति दिने सहमति

एक महिनाको ढिलासुस्तीपछि स्वैच्छिक अवकासमा जाने माओवादी लडाकूहरुको विदाइ र समायोजनका कामलाई तीव्रता दिने संकेत मिलेको छ।

सूचना गोप्य राख्ने सरकारी निर्णयको बारद्वारा विरोध

काठमाडौँ, माघ १३ (नागरिक)- १४० प्रकारका सूचना गोप्य राख्न सरकारले आफ्ना कार्यालयहरुमा पठाएको परिपत्रको नेपाल बार एसोसिएसनले विरोध गरेको छ। आज बसेको बारको बैठकले यो निर्णयले स्वतन्त्र प्रेसलाई कमजोर पार्ने ठहर गर्दै संशोधन गर्नुपर्ने माग गरेको छ। 

लेख्‍न चाहिँ नेपालीमा नि पाइने, सोध्न चाहिँ किन अंग्रेजीमा मात्रै पर्ने ?

-राकेश श्रेष्ठ/ गोरखा-

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ [...]

डिआइजी कोइराला संलग्न घटना गम्भीर भएकोले अहिले धेरै नबोलौँ : प्रहरी

केपी ढुंगाना, काठमाडौँ, माघ १३- आफ्नै श्रीमतीको हत्या गरी शव जलाएको अभियोगमा प्रहरी अनुसन्धान घेरामा रहेका सशस्त्र प्रहरीका डीआइजी रन्जन कोइरालाबारे कुनै पनि नयाँ जानकारी दिन प्रहरीले अस्वीकार गरेको छ।  'ज्यानसम्बन्धी गम्भीर प्रकृतिको घटना भएकोले अहिले धेरै नबोलौँ,' 

सरकारको कार्ययोजना भन्नलाई हो, लागू गर्नलाई हैन : कङ्ग्रेस नेता पौडेल

जनता भुलाउने बाटो, सरकार टिकाउन मद्दत गर्दैन-
काठमाडौँ, माघ १३- नेपाली कङ्ग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारले हिजो प्रस्तुत गरेको सुशासन र आर्थिक विकासको कार्ययोजना जनता भुलाउने बाटोमात्र भएको र यसले सरकार टिकाउन मद्दत नगर्ने बताएका छन्।

संविधान सभाको म्यादबारे फैसलामाथि पुनरावलोकन गर्न निवेदन

विनिता दाहाल, काठमाडौं, माघ १३ - संविधान सभाको म्यादबारे सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन दर्ताका लागि पेश भएको छ। एक महिनाअघि अदालतले यस्तो दर्ता गर्न नमानेपछि अदालत प्रशासनविरुद्ध इजलासमा जान प्रधान मन्त्रीले नै निवेदन दिएका थिए।

कोहलपुरमा प्रधान मन्त्रीलाई कालो झण्डा, विद्यार्थी नेताहरु पक्राउ

दिनेश गौतम, नेपालगन्ज, माघ १३- संवैधानिक समितिको बैठक छाडेर कार्यकर्ता प्रशिक्षण दिन आएका प्रधान मन्त्री बाबुराम भट्टराईलाई कोहलपुरमा विद्यार्थीले कालो झण्डा देखाई प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले  पिपलचौतारादेखि साझा चोकसम्म यसरी विरोध गरेका हुन्।

लोडसेडिङ १४ घन्टामै सिमित हुने : उर्जामन्त्री बोगटी

रामचन्द्र भट्ट, काठमाडौं, माघ १३- सरकारले यो वर्ष दैनिक १४ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने भएको छ। उर्जामन्त्री पोष्टबहादुर बोगटीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै लोडसेडिङलाई १४ घन्टामै सिमित राख्‍ने योजना रहेको बताएका हुन्।

सेनाको ‘३६ ह्याण्ड ग्रिनेट’ बिजुली गोदाममा

मनोज अधिकारी, पोखरा, माघ १३- बिजुली गोदाममा बुधबार भएको बिस्फोट नेपाली सेनासँग मात्र हुने '३६ ह्याण्ड ग्रिनेट' बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा–८ न्युरोडस्थित क्रिस्टल लाइट हाउसको गोदाममा बुधबार सामान निकाल्ने क्रममा ग्रिनेट बिस्फोट हुँदा स्याङ्जा ओरस्टेका २३ वर्षीय रामबहादुर विकको मृत्यु भएको थियो।
GENERIC 3 STORE
Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar